Posts

नारी र पुरुष

Image
 आमाले जीवन दिन्छन् भने बुवाले जीवन बनाउँछन्। पुरुष र नारीको भूमिका एक सम्मान हुन्छ। हामी भन्छौं नि नारीको पीडा पुरुषले सहन नै सक्दैनन्।  हो केटा मान्छेले त्यो पीडा सहन न सक्ने भएर त भगवानले नारीलाई कोख दिएका हुन् र पुरुषलाई त्यो कोख हेर्ने जिम्मेवारी।

स्वस्थ जीवनको लागि संस्कार, आहार र बिचारको महत्व

Image
यो मृत्यु भने कुरोले धनी, गरिव कालो, गोरो केहि भन्दो  रहेनछ ‌‌‍‌‍‌।  मानव जीवन कुन बेला के हुन्छ भने कुनै भर हुदैन रहेछ । नेपाली संस्कार बिर्सदै गएका हामी आज आफ्नो संस्कृतिको महत्व बुझ्दै छौ । नमस्कार गर्न चलन छोडेर हात मिलानु कतिको गलत चलन हो बुझाएको छ । हामीलाई यो कोरोनाले धेरै कुरा सिकाएको छ । स्वस्थ जीवनको लागि त संस्कार, आहार र बिचारको महत्व धेरै रहेछ । बिकासको नाममा सृजित कृटिम संसारले मानिसलाई परनिर्भर बनेको छ, अन्नबालिबालि उब्जाउन छोडेर  पैसाको पछि लाग्दा अहिले भोकमरी हुने अवस्था आएकको छ । सिमा नाका र देश लकड़ाउन हुदा सहरमा के खाने भन्ने चिन्ता छ, तर गाउँमा घरभित्र  अन्नबालि, बारीमा तरकारी, खाना पकाउन दाउरा, गोबरग्यांस छ,दुध,दहीको लागि घरमै वस्तु पालेको छ, कुनै पिर छैन ।  हाम्रो संस्कारमा मान्छे मर्दा किरिया गर्नलाई अलग राखिन्छ, छुन दिदैन्, यो बैजनी रहेछ, किनकी मृकको परिवार वा नजिकको मान्छेहरु पनि संक्रमित हुन् सक्छ भने डर हुन्छ । विकास भनेपछि सडक निर्माण मात्रैबुझ्नेहरूले आज थाहा पाए होला । पैसामात्र सबै कुरा होइन रहेछ । आज यो अवस्था महाशक्तिसाली राष्ट् अमेरिकाले पनि केहि ग

मान्छे

Image
मृत्यु संग डराई किन भाग्दछ मान्छे मरेको लास देखि मुटु छाम्दछ मान्छे केही गर्छु भोलि आफ्नाका लागि भनि ईश्वरसँग लामो जिवन माग्दछ मान्छे वर्तमानमा दुखैैं दुखमा परि रोए पनि भबिष्यको लागि साच्दछ मान्छे एक दिन मर्नुनैछ भनी जान्दा जान्दै पाप र स्वार्थमा डुबि बांच्दछ मान्छे

तनलाई होइन मनलाई जित्न खोज्नुहोस

Image
यदि तपाई कसैसँग साचो मनबाट माया प्रेम गाँस्न चाहनुहुन्छ भने शरीर र सुन्दरता सँग  नभएर मन र भावना सँग माया गास्नुहोस | तपाईले कसैको आकर्षणलाई नै माया र प्रेम ठानेर अगाडि बुढ्नु भयो  भने तपाई उ भन्दा पनि अझ सुन्दर अरू नै देखेपछि उसलाई बिर्सेर अरूलाई नै रोज्नेछौ ।  अर्थात आकर्षणमा बहकिने मनमा साचो प्रेमको बास नै हुन सक्दैन । त्यस्तो मनले केवल स्वार्थपन मात्र खोज्दछ र स्वार्थ पुर्ती हुने बित्तिकै उसलाई बिर्सिदै अरूसँग जान्छौ । त्यसरी तपाईको मनमा साचो प्रेमको नभएर केवल झुटो र स्वार्थले भरिएको प्रेमको बास हुन थाल्छ । भन्छन नि, शक्तिका लागि बलभन्दा पनि बुद्वि ठुलो हुन्छ त्यसरी नै वास्तबिक प्रेमका लागि पनि तनभन्दा मन जित्नु नै ठूलो हुन्छ । तर कसैको मनमुटसँग झुटो मायाको खेलबाड कहिल्यै बिर्सेर पनि नगर्नुहोला । किनकि एकदिन तपाईलाई पश्रातापक‍ो क्षमा माग्ने मौका नै मिल्दैन र तपाई  हरेक पलहरू पश्रातापको भुमरीमा जलिरहनुहुनेछ । याद गर्नुहोस तपाई पनि एक दिन त्यस्तै बन्नुहुन्छ जस्तो तपाईंले अरूलाई बनाउन चाहनुहुन्छ । जब तपाईंले आफ्नो जिन्दगीको मूल्य थाहा पाउनेछौ तब मात्र तपाईंले अरूको जिन्दगीलाई प

बचत गरेरै हो धनी हुने

Image
धनी बन्न त्यति सजिलो छैन  ।  मान्छे न कमाएर मात्र धनी हुन्छ, न त बचत गरेर नै  ।  प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुनसक्छ ।  यस्तो गर्न सक्ने क्षमता एकदमै कमसँग मात्र हुन्छ  ।   खर्च कटौती गरी सञ्चित गर्नु नै बचत हो  ।  वर्तमानको आम्दानी वा खर्च कम गरि भविष्यको लागि केहि रकम छुट्टायाएर राखु पनि बचत हो  ।  बचत तीन प्रकारले गर्न सकिन्छ  । पहिलो, आम्दानीको केहि   भाग छुट्टायाएर दोस्रो, खर्च कटौती गरेर तेस्रो, दैनिक, साप्ताहिक, मास्रिक, वार्षिक रुपमा केहि   बचाएर  । Y= C+S     S= Saving S= Y-C     Y=Income, C=Consumption अर्थशास्त्री स्टुअर्ट रदरफोडले भनेका छन्- बचत धनी मानिसले मात्र गर्न कुरा होइन बरु यो गरीबहरुको साथी हो भने गरिब मानिस पनि धनी बन्न सक्छन  । तर २ र ४   हजार बचत गरेर के नै हुन्छ र! भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँ भन्दा माथि   उठन निकै कठिन हुन्छ  । आज स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ  ।  त्यसैले आफ्नो कमाईबाट बचत गर्नुहोस्  ।  तपाई जति कमाउनु हुन्छ पहिला त्यसको हिसाब गर्नुस् र